KATHMANDU – Forty-two candidates have applied for the position of Chief Executive Officer (CEO) at the Nepal Tourism Board.
According to a source at the Tourism Board, the Board had set a 10-day window for applications, and by Monday’s deadline, 42 applications had been received – 11 submitted via email and 31 submitted in person at the Board’s office.
Applicants who submitted via email include Rajkumar Pandey, Anil Thapa, Preeti Jha, Shree Gurung, Kritan Awal, Shree Bhattarai, Khageshwar Adhikari, Niroj Karmacharya, Ela Kumar Shrestha, Binod Aryal, and Dr. Lekhanath Bhandari.
Those who registered in person at the Board include Ashutosh Pradhan, Nozel Koirala, Geeta Kumari Sharma, Gyaneshwar Prasad Singh Mahato, Gyanendra Ratna Tuladhar, Suryabahadur Ghimire, Hikmat Singh Air, Uttam Prasad Devkota, Pramesh KC, Suresh Singh Budhal, Rohini Prasad Khanal, Yuvika Bhandari, Bijay Kandel, Santosh Thapa, Sudhan Subedi, Nabin Pokharel, Sunil Balal, Jinesh Kaji Sindhurakar, Dharmaraj Dawadi, Leelanath Bhandari, Abhishek Bikram Shah, Tekbahadur Mahat, Surya Thapaliya, Laxman Gautam, Santosh Bikram Thapa, Pragya Ghimire, Uday Bhattarai, Ramchandra Sedhain, Shraddha Shrestha, and Rajaram KC.
Per the Board’s notice, applicants for the CEO post must hold at least a master’s degree and have a minimum of 10 years of experience in the tourism sector.
The Board will now conduct an initial screening of the applications received and proceed with preparing a shortlist of eligible candidates.
नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ४२ जना उम्मेदवारले आवेदन दिएका छन्।
पर्यटन बोर्ड स्रोतका अनुसार, बोर्डले आवेदनका लागि १० दिनको म्याद तोकेको थियो र सोमबार म्याद सकिँदासम्म जम्मा ४२ आवेदन परेका छन् – जसमध्ये ११ जनाले इमेलमार्फत र ३१ जनाले बोर्ड कार्यालयमा भौतिक रूपमा उपस्थित भई आवेदन दिएका हुन्।
इमेलमार्फत आवेदन दिनेमा राजकुमार पाण्डे, अनिल थापा, प्रिती झा, श्री गुरुङ, कृतन अवाल, श्री भट्टराई, खगेश्वर अधिकारी, निरोज कर्माचार्य, इला कुमार श्रेष्ठ, विनोद अर्याल र डा. लेखनाथ भण्डारी रहेका छन्।
बोर्डमा प्रत्यक्ष उपस्थित भई दर्ता गराउनेमा आशुतोष प्रधान, नोजल कोइराला, गीता कुमारी शर्मा, ज्ञानेश्वरप्रसाद सिंह महतो, ज्ञानेन्द्ररत्न तुलाधर, सूर्यबहादुर घिमिरे, हिक्मतसिंह ऐर, उत्तमप्रसाद देवकोटा, प्रमेश केसी, सुरेशसिंह बुढाल, रोहिणीप्रसाद खनाल, युविका भण्डारी, विजय कँडेल, सन्तोष थापा, सुधन सुवेदी, नवीन पोखरेल, सुनिल बालाल, जिनेश काजी सिन्धुराकार, धर्मराज दवाडी, लीलानाथ भण्डारी, अभिषेक बिक्रम शाह, टेकबहादुर महत, सूर्य थपालिया, लक्ष्मण गौतम, सन्तोष बिक्रम थापा, प्रज्ञा घिमिरे, उदय भट्टराई, रामचन्द्र सेढाईं, श्रद्धा श्रेष्ठ र राजाराम केसी समावेश छन्।
बोर्डको सूचनाअनुसार, सीईओ पदका लागि कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था छ।
अब प्राप्त आवेदनहरूको प्रारम्भिक जाँच गरी योग्य उम्मेदवारहरूको सूची तयार पार्ने प्रक्रिया अगाडि बढ्नेछ।

